![ग्राउन्ड जिरो : भूकम्पले माटोमा मिलाएको एउटा विकट दलित बस्ती [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Jajarkot_Earthquake_4_akPqBMwH3i.jpg)
शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा ठूलै विनाश निम्त्याएको छ ।
भूकम्पले भत्किएका घरमा च्यापिएर १५७ जनाको मृत्यु भइसकेको छ भने त्यसभन्दा बढी घाइते छन् ।
पीडितहरू खुला आकाशमुनि रात बिताउन बाध्य छन् । साथमा मृतकको अन्तिम संस्कार गर्नुपर्ने चटारो पनि छ ।

अधिकांश युवा विदेशिएकाले शवसँगै दाउरा बोकेर महिलाहरू नै घाटसम्म पुगेका छन् । सामूहिक दाहसंस्कार गरिँदैछ ।
जाजरकोटको नलगाड नगरपालिका- १ चिउरी शुक्रवारको भूकम्पले ठूलै विनाश निम्तयाएको गाउँ हो ।

यस गाउँमा मात्र १३ जनाले ज्यान गुमाएका छन्, तर स्थानीय सरकारको समेत नजर यो गाउँमा पर्न सकेको छैन ।
उद्धार तथा राहतका लागि सुरक्षाकर्मी समेत नआइपुगेको स्थानीय बासिन्दा बताउँछन् ।
हेर्नुहोस्, जाजरकोटको एउटा विकट गाउँमा भूकम्पले निम्त्याएको विनाश तस्वीरमा :











