२९ जेठ २०८३, शुक्रबार

गायक हेमन्त शर्माले नेपाली क्रिकेट टीमलाई दिए ५० हजार

कात्तिक २१, २०८०
काठमाडौं
गायक हेमन्त शर्माले नेपाली क्रिकेट टीमलाई दिए ५० हजार

गायक हेमन्त शर्माले नेपाली क्रिकेट टोलीलाई ५० हजार रूपैयाँ हस्तान्तरण गरेका छन् । 

आईसीसी टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत सेमिफाइनलमा यूएईलाई हराए ५० हजार पुरस्कार दिने घोषणा गरेका उनले मंगलबार उक्त रकम हस्तान्तरण गरेका हुन् । 

मंगलबार बिहान कप्तान रोहित पौडेल र खेलाडी कुशल भुर्तेललाई भेटेर गायक शर्माले उक्त रकम हस्तान्तरण गरेका हुन् । गायक शर्माले फेसबुकमार्फत् आफूले बोलेको कुरा पूरा गरेको जानकारी दिएका छन् ।

‘खुशी त त्यतिबेला अझ दोब्बर भयो जब उहाँहरूले ‘दाइको यो सहयोगमा हामीले अरू थपेर अस्ति रातिको भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मर्मतका निम्ति पठाउँछौ जो भन्नुभयो !’ शर्माले लेखेका छन् । 

गत शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को टी–२० विश्वकपमा छनोट भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्