
सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको कपनमा नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदीले टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरूलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको हो ।
करिब ११ हजार ८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिले गरेका हुन् ।
नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पाटपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदि) मर्मत सम्भार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पाटपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत सम्भार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ ।
यस्तै विद्युतीय गाडीको (ईभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरूको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ्ग स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ्ग स्टेसन र आठ वटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत बाह्रवटा ‘वेहरू’ रहेका छन् ।
वर्कशप समुद्घाटन समारोहमा बोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिलले पछिल्लो समय नेपालमा टाटा मोर्टसको पेसेन्जर गाडीहरू ग्राहकहरूको नम्बर १ रोजाईमा पर्न सफल भएको बताए ।
यस्तै, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबावु श्रेष्ठले ग्राहकहरूलाई उत्कृष्टभन्दा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
टाटाका ग्राहकले यस वर्कशपमा अटोप्लस बीमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ–वाशिङ जस्ता सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।