१४ असार २०८३, आइतबार

स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन्, सुधार गर्नुपर्ने धेरै काम गर्न बाँकी : मन्त्री बस्नेत

कात्तिक २२, २०८०
काठमाडौं
स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन्, सुधार गर्नुपर्ने धेरै काम गर्न बाँकी : मन्त्री बस्नेत
फाइल फोटो

​​​स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै उनले धेरै सुधारका काम भएको तर अझै धेरै काम गर्न बाँकी रहेको बताए । 

‘१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु । अहिले एउटा पनि बाँकी छैनन्’, मन्त्री बस्नेतले भने, ‘सुआहारा परियोजनाले स्वस्थ जीवनशैलीको कुरा गर्छ । हामीले अरूलाई स्वस्थ बनाउन आफू स्वस्थ रहनुपर्छ । एउटा मान्छे स्वस्थ नहुँदा परिवारका साथै समाजलाई पनि असर पर्छ । हामीले राम्रो कामको शुरूवात आफैंबाट गर्ने हो ।’

उनले बाल मृत्युदर घटाउन स्वस्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्दै बच्चालाई कुपोषणबाट बचाउन गर्भदेखि नै हेरचाह गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले समाजको तल्लो तह, दुर्गम बस्तीसम्म गएर गरेको सुआहारा कार्यक्रम परियोजनाका कार्यक्रमले सकारात्मक सन्देश दिइरहेको तर्क गरे ।

स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७/२८ हजार मात्रै रहेको जनाउँदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्