०८ साउन २०८३, शुक्रबार

एभरेष्ट बैंकले दियो भूकम्प पीडितको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ​​

कात्तिक २३, २०८०
काठमाडौं
एभरेष्ट बैंकले दियो भूकम्प पीडितको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ​​

एभरेष्ट बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । 

यही कात्तिक १७ गते शुक्रवार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको उद्धार तथा राहत वितरणका लागि उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।​

बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।

भूकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बैंकले आगामी दिनमा समेत यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । ​

देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।​

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाटसमेत सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्