१४ असार २०८३, आइतबार

हलमा लाग्यो निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’

कात्तिक २४, २०८०
काठमाडौं
हलमा लाग्यो निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’

तिहारको अवसर पारेर नेपाली फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ । 

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म शुक्रवारबाट देशभरका हलमा प्रदर्शनमा आएको हो । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्कीलगायतको शीर्ष भूमिका छ ।  निश्चल स्वयंमले समेत फिल्ममा छोटो भूमिकामा अभिनय गरेका छन् । 

​‘लुट’जस्तो फरक, सफल र यादगार फिल्मका निर्देशक निश्चल ६ वर्षको अन्तरालपछि यही फिल्ममार्फत निर्देशनमा फर्किएका हुन् ।

सामाजिक–राजनीतिक विषयमा फिल्म बनेको हो । रौनक विक्रम कंडेल निर्माता रहेको फिल्मको कथा आकाश बरालले लेखेका हुन् ।

मल्टिस्टारर यो फिल्मलाई प्रतीक्षित रुपमा हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्