
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ ।
विश्व विद्यालयले शैक्षिक वर्ष २०८०/०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार आवेदन फाराम वितरण र बुझाउने समय मङ्सिर १ गतेदेखि मङ्सिर २५ गतेसम्म रहेको छ भने कक्षा पुस ११ गतेदेखि सुरु हुनेछ ।
यस्तै प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डीनको कार्यालयले निर्धारण गरे अनुसार हुने सूचनामा उल्लेख छ ।