×

NMB BANK
NIC ASIA

तिहारका चर्चित गीत

तिहारका सदाबहार गीत: चलचित्रको वर्चस्व, अरु पनि छन् चर्चित

काठमाडाैं | कात्तिक २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

तिहार सुरु भएसँगै विशेष गीतहरू गुन्जिन थालिसकेका छन् । सर्जकहरूले तिहारलक्षित गरेर बर्सेनि थुप्रै गीतहरू ल्याउँदै आएका छन् । यद्यपि, पुराना गीतहरूजस्तो लोकप्रियता नयाँले पाउन सकेका छैनन् । तिहारका केही सदाबहार गीत छन्, जुन हरेक वर्ष गुञ्जिँदै आएका छन् । तिहारका सदाबहार गीतमा चलचित्रका गीतहरूको वर्चश्व छ । 

Muktinath Bank

तिहारको सबैभन्दा चर्चित गीत हो, ‘तिहारै आयो लौ झिलिमिली...’ । यो चलचित्र ‘स्वर्ग’मा समावेश गीत हो । यसको शब्द यादव खरेलले लेखेका हुन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

शम्भु प्रधानको निर्देशन रहेको ‘स्वर्ग’ २०५१ सालमा प्रदर्शनमा आएको हो । फिल्म सार्वजनिक भएको झण्डै ३ दशकसम्म पनि यसमा रहेको ‘तिहारै आयो...’उत्तिकै गुञ्जिने गरेको छ । तिहार नजिकिएसँगै यत्रतत्र–सर्वत्र यो गीत बज्न सुरु हुन्छ । यो गीत नगुञ्जिएसम्म तिहार आएको भान नै नहुने समेत कतिपय बताउँछन् ।

Vianet communication
Laxmi Bank

यसको भिडियोमा शिव श्रेष्ठ र गौरी मल्ल देखिएका छन् । नयाँ पुस्तामाझ समेत गीत चर्चित छ । युट्युबमा समेत गीतले निकै राम्रो भ्युज पाएको छ । तिहारको अर्को सदाबहार गीत हो, दियो बाली साँझको...। 

चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा आशा भोस्लेले स्वर दिएकी छन् । कुशुम गजमेरको शब्द रचना, रञ्जित गजमेरको सङ्गीत सिर्जना रहेको गीतको भिडियोमा चलचित्रका अभिनेता स्वर्गीय केशव भट्टराई र अभिनेत्री स्वर्गीय शुभद्रा अधिकारीको अभिनय छ । निर्देशक तुलसी घिमिरेले चलचित्रको कथावस्तुअनुसार गीत तयार पारेका थिए । यो चलचित्र प्रदर्शनमा आएको तीन दशक भइसकेको छ, तर आजसम्म पनि ‘दियो बाली साँझको’ गीत हरेक तिहारमा सबैतिर गुञ्जिने गरेको छ । 

चलचित्र ‘विजय पराजय’ मा समावेश ‘निधारमा लर्काएर सप्तरंगी टीका...’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । 

राजेन्द्र शुलभले निर्देशन गरेको यो चलचित्रको गीतमा दिनेश अधिकारीको शब्द, शम्भूजीत बास्कोटाको संगीत र बलिउड गायिका हेम लताको स्वर छ । यो चलचित्र पनि प्रदर्शनमा आएको ३ दशकभन्दा लामो समय भइसकेको छ । यद्यपि, हरेक तिहारमा यस गीत उत्तिकै घन्किने गरेको छ ।

पुरानामा तीन दशकभन्दा अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित चलचित्र ‘अन्याय’मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ । मनिला सोताङको स्वर रहेको ‘अधरमा आज उनकै छ गीत’ गीत आजपर्यन्त पनि चर्चित छ । यो गीतमा रत्नशमशेर थापाको शब्द एवं रञ्जित गजमेरको संगीत छ । यस्तै, अनिल संग्रौलाद्वारा निर्देशित चलचित्र ‘माइती’मा पनि तिहार सम्बन्धित गीत समावेश गरिएको छ । चलचित्रको ‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’गीत पनि चर्चित मानिन्छ । चलचित्र ‘आफ्नो मान्छे’मा तीज र तिहार समेटेर ‘तीज र तिहार आउँदामा बहिनी’ बोलको गीत समावेश गरिएको छ भने चलचित्र ‘फिटकिरी’मा देउसिरे गीत समावेश छ । चलचित्र ‘पालेदाइ’मा ‘साइतको सप्तरंगी निधारमा खुल्न देऊ है’ बोलको तिहार गीत समावेश गरिएको छ । यो गीत पनि चर्चित छ । 

केही वर्षअगाडि प्रदर्शनमा आएको ‘कोहिनूर’मा समावेश ‘यसपालिको तिहारै रमाइलो...’ तिहारको अर्को चर्चित गीतका रुपमा अगाडि आएको छ । 

पछिल्लो समय चलचित्रमा समावेश तिहार गीतमध्ये यो गीत बढी रुचाइनेमा पर्छ । सुन्दर श्रेष्ठको शब्द, शम्भूजीत बास्कोटाको संगीत, प्रमोद खरेल र अञ्जु पन्तको स्वर छ । यसको भिडियोमा अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्काको नृत्य छ । यस्तै, चलचित्र ‘परदेशी’मा पनि भैली गीत समावेश छ । उक्त गीत पनि तिहारमा बज्ने गर्छ । 

चलचित्र ‘बन्दी’मा पनि तिहारसम्बन्धी ‘भैलो खेलौं है भैलिनी हो’ गीत समावेश गरिएको छ ।

फिल्म बाहिरका चर्चित तिहार गीत
सुगम पोखरेलको स्वरमा रहेको ‘वर्षमा दिनैमा लै लै...’ पछिल्लो समयमा रुचाइएको दशैं तिहार गीत हो । त्यस्तै पछिल्ला वर्ष तिहारमा चर्चित अर्को गीत हो, ‘झिलिमिली रातमा..’ । 

राजु लामाको स्वर, शुक गुरुङको शब्द/संगीत रहेको ‘भाइटीकामा भेट्न आउँला’ गीत पनि तिहारमा धेरै घन्किने गीतमा पर्छ । तीन वर्षअघि मात्रै सार्वजनिक तिहार विशेष गीत ‘सप्तरंगी टीका’ पनि निकै रुचाइएको छ । 

दाजु बहिनीको सम्बन्धसँगै लाहुरेको कथा समेटिएको ‘दाइ त मेरो लाहुर जाने’ चर्चित दशैं–तिहार गीत हो । वर्षांै पुरानो यो गीत अहिले पनि चर्चित छ । ‘पैयुँ फुल्दा त्यो लेकलेक’ तिहारसँग जोडिएको विरहको कथामा बनेको लोकप्रिय गीत हो । ‘भैलेनी आयौँ आगँन गुनियाँ चोलिया मागन’, ‘आहै झिलिमिलि भिलिमिलि’लगायतका तिहार विशेष गीतहरू पनि स्रोता–दर्शकले निकै रुचाएका छन् ।

केही वर्षअघि सार्वजनिक ‘टिकामाला’बोलको गीत पनि रुचाइएको छ । रमेश बीजीको शब्द, बीबी अनुरागीको संगीत रहेको यो गीतमा रामकृष्ण ढकालको स्वर छ । दिदी र भाइबीचको सम्बन्धलाई तिहारसँग जोडेर मार्मिक रुपमा तयार पारिएको छ । टंक बुढाथोकीको ‘ए भन भन भाइ हो...’पनि तिहारमा बज्ने चर्चित गीतमध्येमा पर्छ ।  यीबाहेक अन्य थुप्रै कलाकारका तिहार गीत पनि स्रोता/दर्शकले रुचाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x