३० जेठ २०८३, शनिबार

श्रीधर र शान्तिश्रीको ‘बाडुल्की ला होला...’ सार्वजनिक

कात्तिक २७, २०८०
काठमाडौं
श्रीधर र शान्तिश्रीको ‘बाडुल्की ला होला...’ सार्वजनिक

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । 

तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​

बाडुल्की ला होला 
कस्ले पो सम्झ्यो भन्यौँ होली
ए साइँली मैले हो सम्झेको...

यो प्रेमगीतमा गायक अधिकारीकै शब्द एवं संगीत छ । एचबिएन किस्मतले एरेन्ज गरेका छन् । 

स्थानीय स्तरमा उत्पादन भएका सामग्री बिक्रीका लागि मध्यपहाडी र हिमाली क्षेत्रबाट पश्चिम क्षेत्रमा आएकाहरूको भेटपछिको कथालाई भिडियोमा पेस गरिएको छ । भेटमा युवायुवतीले एकअर्कालाई दर्शाएको माया प्रेमलाई गीतमा उनिएको छ । 

भिडियोमा गीता ढुंगाना र सगुन खत्री फिचर्ड छन् । जेरी भण्डारीको निर्देशनमा भिडियो तयार भएको हो । अमर रावल ‘कोसिस’को कोरियोग्राफी रहेको भिडियोलाई करण चैसिरले छायांकन, सुजन कोइरालाले सम्पादन गरेका हुन् । 

आइतवार सार्वजनिक गीतले स्रोता दर्शकबाट माया पाइरहेको छ । 

सर्जक एवं गायक श्रीधर अधिकारीको अफिसियल युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । 

गीतलाई अमर रावलले प्रस्तुत गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्