
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् ।
बाडुल्की ला होला
कस्ले पो सम्झ्यो भन्यौँ होली
ए साइँली मैले हो सम्झेको...
यो प्रेमगीतमा गायक अधिकारीकै शब्द एवं संगीत छ । एचबिएन किस्मतले एरेन्ज गरेका छन् ।
स्थानीय स्तरमा उत्पादन भएका सामग्री बिक्रीका लागि मध्यपहाडी र हिमाली क्षेत्रबाट पश्चिम क्षेत्रमा आएकाहरूको भेटपछिको कथालाई भिडियोमा पेस गरिएको छ । भेटमा युवायुवतीले एकअर्कालाई दर्शाएको माया प्रेमलाई गीतमा उनिएको छ ।

भिडियोमा गीता ढुंगाना र सगुन खत्री फिचर्ड छन् । जेरी भण्डारीको निर्देशनमा भिडियो तयार भएको हो । अमर रावल ‘कोसिस’को कोरियोग्राफी रहेको भिडियोलाई करण चैसिरले छायांकन, सुजन कोइरालाले सम्पादन गरेका हुन् ।
आइतवार सार्वजनिक गीतले स्रोता दर्शकबाट माया पाइरहेको छ ।
सर्जक एवं गायक श्रीधर अधिकारीको अफिसियल युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।
गीतलाई अमर रावलले प्रस्तुत गरेका हुन् ।
हेर्नुहोस् भिडियो :