१६ असार २०८३, मंगलबार

नेपाली चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

मंसिर १, २०८०
काठमाडौं
नेपाली चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

ट्राफिक नियम पालन गर्नुपर्ने सन्देश दिने चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । 

यज्ञजंग विके(आयुष बिसी) निर्देशित चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट शुक्रवार सार्वजनिक गरिएको हो ।

यो चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे, वीरेन्द यादव लगायतको अभिनय छ । 

निर्देशक विकेले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको जानकारी दिएका छन् । 

खगेन्द्र सुवेदीको कथा, सिड गौतमको पटकथा रहेको चलचित्रलाई सुजन विश्वकर्माले छायांकन गरेका हुन् । खगेन्द्र सुवेदी निर्माता रहेको चलचित्रको प्रदर्शन मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्