०६ असार २०८३, शनिबार

गायिका कोमल ओलीलाई मातृशोक

मंसिर २, २०८०
काठमाडौं
गायिका कोमल ओलीलाई मातृशोक

चर्चित गायिका एवं  नेकपा एमालेकी नेतृ कोमल ओलीलाई मातृशोक परेको छ ।

पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेकी कोमलकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

उनको शनिवार दिउँसो ११ बजेर ४२ मिनेटमा निधन भएको चिकित्सकहरूले बताएका छन् ।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समय अगाडिदेखि पीडित ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।

दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । 

दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् ।

उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्