०३ साउन २०८३, आइतबार
रास्वपा महाधिवेशन

'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक [तस्बिरहरु]

असार ६, २०८३
काठमाडौं
'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक [तस्बिरहरु]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक राष्ट्रिय महाधिवेशनअघिको अन्तिम केन्द्रीय कमिटी बैठक समापन भएको छ ।

चितवनको भरतपुरमा शनिबार साँझ बैठक सम्पन्न भएको हो ।  बैठकको समापन गर्ने क्रममा पार्टी सभापति रवि लामिछानेले निकै भिन्न र भावनात्मक शैली अपनाएका थिए । उनले कार्यकालभर भएका राम्रा कामका लागि एक-अर्कालाई 'धन्यवाद' भन्न र कामको सिलसिलामा भएका गल्ती वा असमझदारीका लागि 'सरी' (क्षमा) माग्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरे ।

सोही क्रममा सभापति लामिछानेले आफ्नो छेउमा रहेका सदस्यहरूसँग हात मिलाउँदै 'थ्याङ्क यु' र 'सरी' भनेर सौहार्दता साटेका थिए ।

 सभापतिको आग्रहपछि बैठकमा सहभागी अन्य सदस्यहरूले पनि एक-अर्काप्रति कृतज्ञता र क्षमाभाव प्रकट गर्दै बैठकको समापन गरेका थिए । रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ । 

nullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्