२८ जेठ २०८३, बिहीबार

रणवीरले मेनुकाको पाउ छुँदै ​गरे गायकीको प्रशंसा

मंसिर ८, २०८०
काठमाडौं
रणवीरले मेनुकाको पाउ छुँदै ​गरे गायकीको प्रशंसा

बलिउड अभिनेता रणवीर कपूरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएका छन् । 

भारतमा जारी इन्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भनेर प्रशंसा गर्दै पाउ छोएको भिडियोमा देख्न सकिन्छ । 

चलचित्र ‘एनिमल’ प्रचारका लागि रणवीर अभिनेत्री रश्मिका मन्दानाका साथ इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले ‘अगर तुम साथ हो’ भन्ने गीत गाएकी थिइन् । 

रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको प्रशंसा गरेका हुन् । उनले आर्शीवाद लिन चाहेको भन्दै निहुरिएर उनको पाउ छोएको विषयको अहिले चर्चा भइरहेको छ । मेनुकाले यतिबेला इन्डियन आइडलमा धमका मच्याइरहेकी छन् । 

उनले धमकेदार प्रस्तुति दिँदै जजहरूको मन जित्दै आएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्