×

NMB BANK
NIC ASIA

संगीतमा रचनाको उडान

रचना रिमालको सांगीतिक उडान: छोटो समयमै १२ सय गीतमा गुञ्जियो स्वर

त्योबेला गीत गाएर पाएको २० रुपैयाँ उनले अहिलेसम्म राखेकी छन्

काठमाडाैं | मंसिर ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अहिलेकी चर्चित गायिका रचना रिमाल त्यतिबेला कक्षा ५ मा पढ्दै थिइन् । पहिलोपटक विद्यालयबाट जिल्लास्तरीय गायन प्रतियोगीतामा उनी सहभागी भइन् । 
उकाली ओरालीहरूमा
भञ्ज्याङ अनि चौतारीहरूमा....

Muktinath Bank

त्यहाँ उनले तारादेवीको यो गीत गुन्गुनाइन् । सबैलाई पछि पार्दै उनै प्रथम भइन् । पुरस्कार ५०० रुपैयाँ र डायरी पाइन् । उनमा खुशीको सीमा रहेन । गाउन सक्दो रहेछु भन्ने विश्वास बढेर गयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसो त उनी त्योभन्दा अगाडिबाटै गाउँथिन् । सानै उमेरदेखि । ‘सानैदेखि भजन गाउन मन पथ्र्यो । ‘भजन कीर्तनमा जान्थे, गाउँथे । मादल बजाउन पनि सिकिसकेकी थिएँ,’ केही दिनअघिको भेटमा रचनाले बाल्यकाल सुनाइन्, ‘तर,  जिल्लास्तरीय प्रतियोगितामा प्रथम भएपछि गाउँनुपर्दो रहेछ, राम्रो हुँदोरहेछ भन्ने महसुस भयो । गायनमा प्रोत्साहित भएँ ।’ 


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

कक्षा ४ देखि निजी विद्यालय पढ्न पुगेकी रचनाको गायन क्षमतालाई उक्त विद्यालयका संगीत शिक्षकले सोही वर्ष चिनिसकेका थिए । एउटा कार्यक्रममा गितार र तबलामा गीत गाउन लगाए । 

विद्यालयबाहिर छरिएर रहेकाहरूलाई पनि रचनाको स्वरले नजिक–नजिक ल्यायो । त्यो क्षण सम्झिँदै उनले लोकान्तरसँग भनिन्, ‘त्यतिबेला राम्रो गायौं भनेर सरले २० रुपैयाँ दिनुभएको थियो । पहिलो पटक गीत गाएर पाएको पैसा भएकाले त्यो अहिले पनि सुरक्षित राखेकी छु ।’ त्यसको अर्को वर्ष हो रचना जिल्लास्तरीय प्रतियोगितामा प्रथम भएको । 

‘चटपटेवाली गायिका’ जब नेपाल आइडलमा पुगिन्
तेह्रथुममा जन्मिएकी रचना झापाको चन्द्रगढीमा हुर्किएकी हुन् । बुवा–आमा अनि तीन दिदीबहिनी गरेर पाँच जनाको परिवार । रचना माइली छोरी । बुवा पहिले वैदेशिक रोजगारीमा थिए । आमाले घरछेउमै घुम्ती पसलमा चटपटे बेच्थिन् । कहिलेकाहीँ रचना पनि त्यो पसलमा बस्थिन् र चटपटे बेच्थिन् । प्रतियोगिताहरूमा गएर गाउने गरिरहेकी थिइन् ।

बुबाले स्क्रिनटच मोबाइल ल्याइदिएका थिए । इन्टरनेट भएको छिमेकीका घरमा पुगेर रचनाले आफूलाई मन परेका गीतहरू डाउनलोड गर्थिन् । तिनै गीत सुनेर गाउने कोसिस गर्थिन् । तारादेवी, अरुणा लामा, भक्तराज आचार्य लगायतका गीतहरू त्यस समय बढी सुन्ने गरेको उनी सुनाउँछिन् । कक्षा ९ मा पढ्दा गीत गाएरै हार्मोनियम समेत जितेकी थिइन् । त्यतिबेला उनले संगीतको प्रशिक्षणसमेत लिएकी थिइन् । 

null

कक्षा १० मा पढ्दाको कुरा हो, एकदिन पसलमै हुँदा अन्तवार्ता लिन युट्युबर आए । र, अन्तवार्ता लिएर युट्युबमा ‘चटपटेवाली गायिका’का रूपमा प्रस्तुत गर्दै अपलोड गरे । उक्त अन्तर्वार्ता स्रोता–दर्शकले निकै रुचाए । त्यसपछि रचनालाई ‘चटपटेवाली गायिका’ भनेर धेरैले चिने । ‘त्यसबेला मेरो अन्तरवार्ताले युट्युबमा भन्दा पनि फेसबु्क पेजमा लाखौं भ्युज पाएको थियो । त्यसबाट धेरैले चिन्नुभयो,’ उनी सुनाउँछिन्, ‘उक्त भिडियोको कमेन्टमा धेरैले नेपाल आइडल जानु राम्रो हुन्छ भन्नुभएको देख्थेँ । एकदमै खुशी लाग्थ्यो ।’ 

रचनाले नेपाल आइडलमा जानुअघि गीत गाइसकेकी थिइन् । उनलाई संगीतकार वसन्त सापकोटाले सांगीतिक क्षेत्रमा ब्रेक दिएका हुन् । उनले कक्षा १० मा पढ्दाकै समयमा वसन्तको शब्द तथा संगीतमा ‘रुमाल चिनो’ बोलको गीत गाएकी थिइन् । उनलाई सांगीतिक क्षेत्रमा लाग्न परिवारको बलियो साथ रह्यो । उनकी आमाले उनलाई सांगीतिक क्षेत्रमा लाग्न सधैँ प्रोत्साहन गरिरहिन् । 

नेपाल आइडलको अडिसनबारे थाहा पाएपछि सहभागी हुने निधो गरिन् । बिर्तामोडमा भएको पहिलो अडिसनबाटै रुचाइँदै गइन् । सयौंबाट छानिएर प्रस्तुति दिँदै गइन् । तीन पटकसम्म सबैभन्दा बढी भोट पाएकी थिइन् । सबैबाट तारिफ बटुल्दै उत्कृष्ट आठसम्म पुगिन् । आउट हुन्छु भन्ने सोचेकी थिइनन् यद्यपि, उत्कृष्ट ८ बाट उनी बाहिरिइन् । तर, त्यसले उनको गायन यात्रा अगाडि बढ्न रोकेन । बरु सांगीतिक यात्राको रफ्तार ह्वात्तै बढ्दै गयो । 

null

स्रोता–दर्शकको कमेन्टले पाएको ‘फोटो फिरिममा...’
नेपाल आइडलमा गएपछि रचनालाई चिन्ने र माया गर्नेहरू ह्वात्तै बढेका थिए । त्यसपछि केही गीतहरू गाएकी थिइन् । उनको धेरै चलेको पहिलो गीत भने ‘फोटो फिरिममा...’ हो । रचना स्रोता–दर्शकको कमेन्टले आफूले उक्त गीत पाएको बताउँछिन् । भएको के रहेछ भने कलाकार शिशिर भण्डारी नयाँ गीत ल्याउने तयारीमा थिए । आफ्नै शब्द तथा संगीतमा गीत ल्याउने तयारीमा रहेको जानकारी दिँदै उनले यो गीत कुन गायिकालाई गाउन दिँदा ठीक होला ? भन्ने प्रश्नसहित फेसबुकमा स्टाटस लेखेका थिए । स्टाटसमा धेरैले कमेन्ट गरेका थिए, रचना रिमाल । 

‘म नेपाल आइडलबाट भर्खर भर्खर आउट भएकी थिएँ । शिशिर दादाको स्टाटसमा धेरैले मेरो नाम लिनुभएको हुनाले त्यो गीत गाउन पाएँ,’ रचनाले सुनाइन् । 

गीत युट्युबमा सार्वजनिक भयो । तर, सुरुवातमा ह्वात्तै चलिहालेको थिएन । त्यहीबीच कोरोना महामारीका कारण नेपालमा लकडाउन सुरु भयो । त्यो समय धेरैका लागि समय टक्क अडिएझैँ भयो । त्यही समय रचनाको गीतले गति लिँदै गयो । अन्ततः यो गीत यति चल्यो कि उनलाई गाउन अफरको ओइरो लाग्यो । यद्यपि, उनी त्यतिबेला काठमाडौं नभएर झापामा थिइन् । 

लगातार अफरहरू गइरहेको थियो, उनले टिपोट गरिरहेकी थिइन् । अफरको संख्या ३३ पुग्यो । तर, त्यतिञ्जेलसम्म उनी गीत गाउन काठमाडौं आउन पाइरहेकी थिइनन् । केही सहज भएपछि उनी काठमाडौं आएर तय भएका ती गीतहरू क्रमशः गाउँदै गइन् । नयाँ गीतका अफरहरू उत्तिकै बढिरहेको थियो । 

null

‘त्यतिबेला दिनमा पाँच वटासम्म रेकर्डिङ गर्थेँ । राति स्वर बसेको हुन्थ्यो, बिहान पनि त्यस्तै हुन्थ्यो । जब स्टुडियो गएर गाउन थाल्थेँ, स्वर खुल्थ्यो,’ उनले सुनाइन् । क्रमशः ‘आयौं चेली’ बोलको तीज गीतमा स्वरसँगै अभिनय गरिन् । गीत चल्यो । ‘सुनन पियारी’, ‘उनको प्रीति’ जस्ता गीतहरू पनि निकै चले । रेकर्डिङसँगै मेला महोत्सव र विदेशका स्टेज कार्यक्रमसम्म दौडधुप बढ्यो । ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’, ‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’, ‘पैसा सापटी’ जस्ता उनका थुप्रै गीतहरू रुचाइएका छन् । रचनाले सांगीतिक करिअर सुरु गरेको धेरै भएको छैन । 

पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको चार वर्ष नहुँदै उनी १२ सय बढी गीतमा गुञ्जिइसकेकी छिन् । चलचित्रका गीतमा समेत उनको स्वर गुञ्जिइसकेको छ । उमेरले २१ वर्ष पुगेकी उनले पाएको सफलता साँच्चिकै लोभलाग्दो छ । उनीसँग सहकार्य गरेकाहरू भन्छन्, ‘गायकीसँगै सरल स्वभाव पनि उनको विशेषता हो । सरल स्वभावकी भएका कारण पनि उनी रेकर्डिङ र स्टेजमा धेरै खोजिने गायिकामा पर्छिन् । 

आफ्नै कमाइले घर बनाइन्
पहिले वैदेशिक रोजगारीमा रहेका बुवा अहिले घर फर्किएर अटो चलाउँछन् । चटपटे पसल पनि बन्द भइसकेको छ । माटोको गारो भएको पुरानो घर भत्किएर नयाँ पक्की घर बनिसकेको छ । 

समग्रमा उनको परिवारमा दुःखको आयतन घटेको रचनाले संगीतक्षेत्रबाट पाएको सफलताबाट हो । उनको सानैदेखिको सपना थियो, आमाबुवालाई नयाँ घर बनाएर राख्ने । छिमेकका दाइहरू विदेश गएर कमाएर घर बनाएको देख्दा उनी आफू पनि विदेश गएर कमाएर भए पनि घर बनाउँछु भन्ने सोँच्थिन् । गीत रेकर्डिङबाट केही कमाइ हुन थालेपछि बाबाआमालाई भनिन्– अब, हामी पनि नयाँ घर बनाऔं । 

‘गीतहरू चलिरहेको थियो । रेकर्डिङ पनि राम्रो भइरहेको थियो । त्यसपछि मसँग अलिकति पैसा भएपछि घर बनाउन सुरु गरेँ,’ रचनाले ३ वर्षअगाडिको कुरा सुनाइन्, ‘खातामा १० लाख जम्मा भएपछि घर बनाउन सुरु गरेकी थिएँ ।’

रचना सांगीतिक क्षेत्रबाटै घर बनाउँदा निकै खुशी देखिन्छन् । उनले भनिन्, ‘जे होस् गीत गाएर घर बनाउन सफल भए । सबैको माया र आशीर्वादले यो सम्भव भएको हो । साँच्चिकै मनैदेखि सपना देखेपछि पूरा हुँदोरहेछ भन्ने लाग्यो ।’ 

बुवाआमालाई नयाँ घरमा राख्ने सपना रचनाले पूरा गरेकी छन् । अबको सपना चाहिँ के छ त ? प्रश्नमा रचनाले हाँस्दै भनिन् ‘अर्को घर बनाउने काठमाडौंमा । त्यो चाहिँ कहिले पूरा हुन्छ थाहा छैन ।’ 

रचना अहिले संगीत मूल विषय लिएर आरआर कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । पढाइमा पनि उनी निकै तीक्ष्ण छिन् । कक्षा १० सम्म प्रायः सधै प्रथम भएकी रचनाले ३.४४ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनले धेरै गायक/गायिकाका गुरु चण्डीप्रसाद काफ्लेसँग संगीत प्रशिक्षणसमेत सुरु गरेकी थिइन् । 

‘रेकर्डिङ र स्टेज कार्यक्रमले कलेज पनि खास्सै जान पाउँदिनँ । संगीत क्लासमा पनि त्यति समय दिन पाएकी छैन । अब, पढाइ र संगीत क्लासलाई पनि अलि बढी समय दिने सोँच छ,’ उनले भनिन्, ‘सिक्न पाइरहेकी छैन । नयाँ कुुराहरू सिक्दै, कमजोरीहरू सुधार्दै सांगीतिक क्षेत्रमै अगाडि बढ्नेछु ।’ उनी पछिल्लो समय खेलकुलप्रेमी गायिकाका रूपमा समेत चिनिन्छिन् । यतिबेला भने रेकर्डिङलाई थाती राखेर उनी स्टेज कार्यक्रमको शिलशिलामा काठमाडौंबाहिर छिन् ।
तस्वीरहरू: विश्वास खनाल/लोकान्तर डटकम

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x