![दशरथ रंगशालामा त्रिविको दीक्षान्त समारोह [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/TU_Convocation_Cover_qpM4OARBfd.jpg)
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आगामी पुस २ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
विश्वविद्यालयले सोमबार जारी गरेको सूचनाअनुसार समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ः०० बजेदेखि १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने छ ।
सूचनामा जनाइएअनुसार गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ । 