१७ असार २०८३, बुधबार

आश्रित परिवारले मासिक एक लाख रुपैयाँसम्म पेन्सन लिन थाले

मंसिर ११, २०८०
काठमाडौं
आश्रित परिवारले मासिक एक लाख रुपैयाँसम्म पेन्सन लिन थाले

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपैयाँसम्म पेन्सन लिन थालेका छन् ।

सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार बालाजुु गुु्रप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उनीँहरू आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आएका छन् ।

मृतक मेट्रु र न्यौपाने कम्पनीमा काम गर्ने र तलब पनि मासिक एक लाखभन्दा बढी पाउने भएकाले आश्रित परिवार योजना अन्तर्गत मृतकका श्रीमतीहरूले ६० प्रतिशत र सन्ततिले शैक्षिकवृत्ति अन्तर्गत ४० प्रतिशत निवृत्तिभरणको सुुविधा प्राप्त गरेको खबर गोरखापत्रमा विस्तृतमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्