१८ असार २०८३, बिहीबार

काठमाडौंका सडक र नदी किनारामा आगो बाल्न निषेध

मंसिर १२, २०८०
काठमाडौं
काठमाडौंका सडक र नदी किनारामा आगो बाल्न निषेध

काठमाडौं महानगरपालिकाले अबदेखि सडक र नदी किनारामा आगो बाल्न निषेध गरेको छ । सडक र नदी किनारामा आगो बालेको भेटिएमा महानगरपालिकाले १५ हजार रुपियाँसम्म जरिवाना तिराउने भएको छ ।

जाडो याममा आगो ताप्नका लागि फोहोर थुपारेर सडक र नदी किनारामा आगो बालेर वायु प्रदूषण गर्ने काम बढी हुने भएकाले त्यस्तो क्रियाकलाम रोक्न कामपा वातावरण व्यवस्थापन विभागले कारबाहीस्वरूप प्रत्येक पटक ५ सयदेखि १५ हजार रुपियाँ जरिवाना लिन लागेको हो । कारबाहीमा परेर पनि अटेर गरी पटकपटक आगो बाले १ लाख रुपियाँसम्म पनि जरिवाना हुने खबर नेपाल समाचारपत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्