
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् । विवाह गरेको पहिलो वर्षगाँठको अवसर पारेर उनकी श्रीमती करिश्मा केसीले मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी हुन् ।
अभिभावक हुन लागेको खुशी साट्न उनीहरूले केक पनि काटेका छन् । केकमा ‘कमिङ मे २०२४’ लेखिएको छ । जसअनुसार करिश्माले आगामी मे महिनामा सन्तानलाई जन्म दिने भएकी हुन् ।
योसँगै सलोन र करिश्मालाई फ्यान एवं शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।
सलोन र करिश्माले अघिल्लो वर्षको मंसिरमा धुमधामसहित विवाह गरेका थिए ।
लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए ।