
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।
यसअघि भूमिका र प्रकाशको सहकार्य रहेको ‘चोली मैलै भो’ले करोड भ्युज पाएको थियो ।
‘देउरालीमा...’ एक वर्षअघि सार्वजनिक गरिएको थियो । यसमा भूमिका र प्रकाश स्वयंमले अभिनय गरेका छन् ।
बसन्त विश्वकर्माको शब्द रहेको गीतमा गायक प्रकाशकै संगीत छ । अनिल के. मानन्धरको छायाँकन, नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।