×

NMB BANK
NIC ASIA

सुन तस्करीको अनुसन्धान

प्रदेश मन्त्री मुछिएको १ किलो सुन प्रकरणः भन्सारले हारगुहार गर्दा पनि चेकको टुंगो लागेन

काठमाडाैं | मंसिर १४, २०८०

NTC
Premier Steels

भदौ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक किलो सुन प्रकरणको छानबिन प्रभावित भएको छ । प्रदेश मन्त्री मुछिएपछि यो प्रकरणको छानबिन अलपत्र परेको हो ।

Muktinath Bank

काठमाडौं प्रहरी परिसरले भदौ २५ गते सुनसहित १ जनालाई विमानस्थलबाटै पक्राउ गरेको थियो । भोलिपल्ट थप दुईजना पक्राउ परेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसक्रममा बरामद एउटा गाडीमा कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिञ्चाइ मन्त्री तीर्थ लामाले काटेको ७ लाखको चेक भेटिएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रहरीले बरामद सुन र पक्राउ परेका व्यक्ति भन्सारलाई बुझाएको थियो । उक्त चेकको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अहिलेसम्म टुंगो लगाउन सकेको छैन । 

Vianet communication

भन्सारले आफ्नो क्षेत्राधिकारभित्रको अनुसन्धान गरेपछि प्रदेश मन्त्री लामाको चेकका विषयमा अनुसन्धान गर्न प्रहरीलाई लेखिपठाएको थियो ।

भन्सारका तर्फबाट एक उपसचिवले अनुसन्धान गरिरहेका थिए । 

उनले यो संगठितरूपमा भएको अपराध भन्दै अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुरोध गरे, तर सीआईबीले १ करोडभन्दा तलको ‘केस’ हेर्न नमिल्ने भन्दै टारिदियो ।

‘हामीले संगठितरूपमा अपराध भएको हुन सक्ने भन्दै सीआईबीलाई भनेका थियौं, तर १ करोडभन्दा कम रकमको केस भएकाले हेर्न नमिल्ने भन्दै टारिदियो,’ अनुसन्धानमा खटिएका ती अधिकारीले लोकान्तरसँग भने । 

प्रहरीबाट पार नलागेपछि भन्सार कार्यालयले सम्पत्ति शुद्धीकरण विभागमा फाइल पठाएको छ । तिहारअगाडि नै पठाइएको फाइलमा अनुसन्धान टुंगिएको जानकारी भन्सारलाई प्राप्त भएको छैन ।

के हो प्रकरण ?

भदौ २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई काठमाडौं प्रहरीले विमानस्थलबाट १ किलो सुनसहित पक्राउ गरेको थियो ।

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तानलाई पक्राउ गरिएको थियो । 

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करिब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो । 

प्रहरीले बागमती प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी समेत बरामद गरेको थियो । प्रहरीले मिङ्मालाई पक्राउ परेपछि गाडीको शिशा फोडेर ३ जना भागेका थिए ।

त्यसमध्येका एक जना काभ्रे प्रतिनिधिसभा– १ प्रदेश सभा (क) बाट समानुपातिक सांसदका लागि सिफारिश भएका कांग्रेस जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन थिए । 

योञ्जन अहिलेसम्म पनि फरार छन् । उनलाई प्रहरीले जानी-जानी पक्राउ नगरेको गुनासो भन्सारका एक अधिकारीले गरे ।

‘वारेन्ट जारी भएको छ, तर प्रहरीले पक्राउ गरिएको छैन । राजनीतिक व्यक्ति भएका कारण पक्राउ नगरिएको हुन सक्छ,’ भन्सारका ती अधिकारीले लोकान्तरसँग भने ।

पक्राउ परेका ३ जनासँग भन्सार विभागले ९२ लाख रुपैयाँ धरौटी माग गरेको थियो, तर तिर्न नसकेपछि उनीहरू पुर्पक्षका लागि थुनामा छन् । 

भन्सार कार्यालयका अनुसार पक्राउ परेका बाबुलालले आफूले तेस्रोपटक सुन ल्याएको बयान दिएका थिए ।

‘यो तेस्रोपटक हो भन्ने बयान उसले दिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘उनी पटक–पटक दुबई गएको देखिएको छ ।’ 

एकपटकमा मलद्वारमा लुकाएर आधा केजी सुन र एउटा आइफोन लिएर आउँदा खर्च कटाएर २० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको बयान छ ।

उनीहरूले तस्करीको सम्पूर्ण कामको व्यवस्थापन विकास योञ्जनले गर्ने गरेको बयान पनि दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x