ब्लकबस्टर चलचित्र ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीको सपनाकी रानी ‘मैंया’ बनेकी अभिनेत्री रिश्मा गुरुङ पुनः अभिनेता दयाहाङ राईसँग देखिने भएकी छन् । ‘रिमै’ चलचित्रबाट उनीहरूको चर्चित जोडी फेरि पर्दामा आउन लागेको हो ।
गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बन्ने चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गर्नेछन् ।
चलचित्रमा दया र रिश्माका अलावा विरबल घले प्रमूख भूमिकामा देखिनेछन् । उपेन्द्र सुब्बा चलचित्रको पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन् ।
चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(यूके), प्रकाश गुरुङ्ग (यूके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेका छन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा चलचित्रमा सह–निर्माताका रुपमा रहनेछन् । चलचित्रको हाल पि–्रप्रोडक्सन चलिरहेको छ भने निर्माणपक्षले थप जानकारी केही समयपछि दिने जनाएको छ ।
‘रिमै’ चैतमा फ्लोरमा जाने गरी तयारी भइरहेको छ । ‘कबड्डी’ चलचित्रमा दया र रिश्माको नोकझोकलाई दर्शकहरुले मन पराएका थिए ।
यो चलचित्रले त्यो ‘केमिस्ट्री’लाई पुनः ताजा गराउने अनुमान गर्न सकिन्छ । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।