×

NMB BANK
NIC ASIA

कलाकारहरूको बढ्दो व्यस्तता

महोत्सवको सिजन : गायक–गायिकालाई देश दौडाहामा भ्याइनभ्याइ

काठमाडाैं | मंसिर १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् ।

Muktinath Bank

माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्षणको केन्द्रमा हुनेछिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायक शर्माले शनिबार रुकुममा जारी महोत्सवमा पुगेका थिए भने शुक्रवार भैरहवामा जारी महोत्सवमा प्रस्तुति दिएका थिए । 


Advertisment
Nabil box
Kumari

यस्तै, गायिका अधिकारी पनि रुपन्देही (भैरहवा र मणिग्राम), रुकुम, रोल्पा, नवलपुरलगायतका जिल्लामा आयोजित मेलामा प्रस्तुति दिएर आइतबार पाल्पा पुगेकी हुन् । 

Vianet communication
Laxmi Bank

शर्मा र अधिकारी मात्र होइन, यति बेला सांगीतिक क्षेत्रमा चलेका गायक–गायिकालाई देशभित्रका मेला–महोत्सवको दौडधुपले छोएको छ । 

मंसिर लाग्नेबित्तिकै शुरू भएका मेला–महोत्सवमा पुगेर सांगीतिक प्रस्तुति दिन गायक–गायिकाहरू व्यस्त बनेका हुन् । उनीहरूले सामाजिक सञ्जाल फेसबूकमा राख्ने गरेका तस्वीरले पनि मेला महोत्सवमा व्यस्तता बढेको प्रस्ट्याउँछ । 

कतिपय जिल्लामा महोत्सव शुरू भइसकेका छन् भने कतिपयमा तयारी भइरहेको छ । कतिपयमा सम्पन्न समेत भइसकेको छ । 

चितवनमा चलेको ‘चितवन नारायणी महोत्सव’ शनिबार मात्रै सकिएको छ । शनिबार झन्डै ४५ हजार दर्शकको अगाडि आफूले प्रस्तुति दिएको गायिका रचना रिमालले उल्लेख गरेकी छन् । 

भैरहवामा जारी लुम्बिनी प्रादेशिक महोत्सव सोमबार सकिँदै छ । उद्योग व्यापार संगठन रूपन्देहीले यो महोत्सव गरेको हो । 

गायक हेमन्त शर्मा मंसिर लागेसँगै मेला महोत्सवको सिजन शुरू भएको बताउँछन् । यद्यपि, यस वर्ष मंसिरमा विगतमा भन्दा धेरै महोत्सव भइरहेको महसुस उनले गरेका छन् । 

‘महोत्सवको सिजन मंसिरबाटै शुरू हुने हो । तर, यस वर्ष शुरूआतमै धेरै महोत्सव भइरहेको जस्तो लागेको छ’ उनले भने । 

मकवानपुरको थाहा नगरपालिकामा जारी महोत्सवमा दिनहुँ ३ जना चर्चित कलाकारहरू पुगेर प्रस्तुति दिँदै आएका छन् । 

शनिबार गायिका शान्तिश्री मुख्य आकर्षणमा रहेको उक्त महोत्सवमा आइतबार गायक दुर्गेश थापा, गायिका मञ्जु पौडेलका साथमा हास्य कलाकार सागर लम्साल ‘बले’ले प्रस्तुति दिँदैछन् । 

महोत्सवका व्यवस्थापक अनित विष्ट महोत्सवमा दर्शकको आकर्षणमा कलाकार हुने र कलाकारका लागि दैनिक १ लाख रुपैयाँ बढी छुट्याउनुपर्ने बताउँछन् । 

‘अहिले पिकमा रहेका कलाकार ल्याउँदा एक जनालाई १ लाखसम्म तिर्नुपर्छ । ठिक्क–ठिक्कका कलाकारहरू ल्याउँदा पनि ४० हजारभन्दा बढी दिनुपर्छ,’ उनले भने । 

युट्युबबाट सीमित आम्दानी गर्ने कलाकारहरू पनि स्टेजबाट राम्रो कमाइ गरिरहेका हुन्छन्, त्यसैले त गायक–गायिकाको अहिलेको समयको आम्दानीको मुख्य स्रोत नै मेला महोत्सव मानिन्छ ।

पछिल्लो समय मेला–महोत्सवको क्रम विगतभन्दा बढिरहेको हुनाले कलाकारहरूको स्टेजबाट हुने आम्दानी पनि बढिरहेको महोत्सव व्यवस्थापक विष्ट बताउँछन् । 

‘उद्योग वाणिज्य संघ र व्यापार संघले गर्ने मेला महोत्सव त निरन्तर छन् । तर, पछिल्ला वर्ष विभिन्न संघ-संस्थाका महोत्सव पनि थपिएका छन् । सोही कारण मेला महोत्सवको संख्या बढेको छ,’ उनले भने, ‘त्योसँगै चुनौती पनि थपिएको छ । एकै स्थानमा धेरै महोत्सव हुँदा त्यसको महत्त्व पनि घट्दै गएको जस्तो लाग्छ ।’

कोभिड महामारीका कारण ३ वर्ष मेला महोत्सव हुन सकेनन् । गत वर्षदेखि गति लिएको मेला–महोत्सवको गतिविधि यस वर्ष अझै बढ्ने विश्वास रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन् । 

उनी केही कलाकारहरूले युट्युबबाट समेत राम्रो आम्दानी गर्ने गरे पनि समग्रमा कलाकारहरूको आम्दानीको मुख्य स्रोत मेला–महोत्सव रहेको बताइन् ।

उनले भनिन् – ‘लोकदोहोरीतर्फ प्रकाश सपूत, प्रकाश दूतराज, पशुपति शर्मा, खेम सेञ्चुरी लगायतका कलाकारहरूले युट्युबबाट पनि राम्रै कमाउनुहुन्छ जस्तो लाग्छ । तर, धेरै गायक–गायिकाको बाँच्ने मुख्य आधार मेला महोत्सव नै हो ।’

जिल्ला–जिल्लामा हुने साना–ठूला मेला महोत्सवले स्थानीय कलाकारहरूलाई पनि राम्रो गरेको उनले बताइन् । मंसिरदेखि फागुनसम्मलाई मेला महोत्सवको सिजन मानिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x