०८ असार २०८३, सोमबार

चलचित्र ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज

मंसिर १८, २०८०
काठमाडौं
चलचित्र ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज

नेपाली चलचित्रलाई विश्वव्यापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो–नेपाली चलचित्र ‘हिटम्यान’को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं, पोखरासँगै भारत र फ्रान्समा समेत चलचित्र खिचिएको छ । 

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने निर्माता तथा निर्देशक विष्णु अधिकारीले बताए । चलचित्र नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नड, मलायलम, अरबी र चिनियाँ भाषामा रिलिज गरिने बताइएको छ । 

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरूमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

चलचित्रमा निर्माता एवं निर्देशक अधिकारी नै शीर्ष भूमिकामा छन् । टिजरमा पनि उनी स्वयंमलाई प्रस्तुत गरिएको छ । अभिनेत्री आँचल शर्माको भने कुनै पनि दृश्य टिजरमा समावेश छैन । ​

पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । चलचित्रको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए । 

यो चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरूसँग आफूहरूले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । चलचित्रले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ । 

आँचलले तेलुगू चलचित्र भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् । चलचित्रमा दीपक अधिकारी निर्माता र सन्नी लावती सह–निर्माताको रुपमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्