१३ असार २०८३, शनिबार

बजारमा फेरि किन भयो चिनीको अभाव ?

मंसिर १९, २०८०
काठमाडौं
बजारमा फेरि किन भयो चिनीको अभाव ?

मूल्यमा  कुरा  नमिलेका  कारण  भारतबाट  खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ ।

चिनी  आयातको  अनुमति  पाएको  खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनीले  सहुलियतको  चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए ।

 सरकारले  खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना  बनाएर  सो  चिनी  नेपाल  आयात  नगर्दा  अहिले समस्या बल्झिएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्