१५ असार २०८३, सोमबार

बालबालिकालाई ‘एनिमल’ चलचित्रको टिकट बिक्री गरेको हललाई कारबाही गरिने

मंसिर १९, २०८०
काठमाडौं
बालबालिकालाई ‘एनिमल’ चलचित्रको टिकट बिक्री गरेको हललाई कारबाही गरिने

बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको आरोपमा काठमाडौँको एक हललाई कारबाही गरिने भएको छ । 

नयाँ बानेश्वरमा रहेको हल ‘वान सिनेमाज’मा बालबालिकालाई एडल्ट प्रमाणपत्र पाएको ‘एनिमल’ चलचित्रको टिकट बिक्री गरेको पाइएपछि कारबाही गरिने भएको हो । 

‘एनिमल’को सोमवार साँझ ६ः३० बजेको शोमा बालबालिकालाई पनि टिकट बिक्री गरेको पाइएको विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । उनका अनुसार हलमा बालबालिका भेटिएपछि हल व्यवस्थापकलाई टिकट फिर्ता गर्न लगाइएको थियो । 

‘एलिमल’ले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । 

यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ । नियम विपरीत बालबालिकालाई चलचित्र देखाएको भन्दै बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्डले जनाएको छ । 

बालबालिकालाई ‘एडल्ट’चलचित्रको टिकट बिक्री नगर्न बोर्डले हल संचालकलाई अनुरोध गरेको छ । यदि त्यसो गरेको पाइएमा आवश्यक कारबाही हुने बोर्डको चेतावनी छ ।

salt training

कमेन्ट गर्नुहोस्