०७ असार २०८३, आइतबार

नेपाली उत्पादनको प्रवर्द्धनका लागि स्थापित स्वदेशी डटकम चौथो वर्षमा प्रवेश

मंसिर २१, २०८०
काठमाडौं
नेपाली उत्पादनको प्रवर्द्धनका लागि स्थापित स्वदेशी डटकम चौथो वर्षमा प्रवेश

स्वदेश तथा विदेशमा नेपाली उत्पादनहरूको बिक्री र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको स्वदेशी डटकम चौथो वर्षमा प्रवेश गरेको छ ।

अहिले नेपाललाई मात्रै आफ्नो कार्यक्षेत्र बनाएर काम गरिएको स्वदेशीले अब चाँडै विदेशमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

'आफ्नो भनेको आफ्नै हुन्छ' नाराका साथ स्थापना भएको कम्पनीले घरमै बसीबसी विना कुनै झन्झट आफूलाई आवश्यक परेका सामग्री सजिलै उपलब्ध गराउँदै आएको छ ।

स्वदेश तथा विदेशबाट हुने कारोबारलाई सहज बनाउनका लागि कम्पनीले ई-सेवा, खल्ती, क्यूआर कोड, भिसा तथा मास्टर कार्ड, युनियन पे लगायतबाट सजिलै भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

स्वदेशी डटकम एक एकल विक्रेता वेबसाइट हो । यसमा उपलब्ध गराइने सामानहरू लिस्ट गर्नका लागि गुणस्तर अनुसार प्रक्रियाबाट जानु पर्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्