१४ असार २०८३, आइतबार

इस्लिङटन कलेजमा नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र स्थापना

मंसिर २५, २०८०
काठमाडौं
इस्लिङटन कलेजमा नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र स्थापना

उच्च शिक्षाको अग्रणी संस्था इस्लिङटन कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको छ ।

अनुसन्धान केन्द्र यही मंसिर २४ गते आइतवारबाट सञ्चालनमा आएको कलेजले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रतिनिधिहरूसँगको सहकार्यमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाइएको हो ।

अनुसन्धान केन्द्रको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पनि सहभागिता रहेको थियो ।

null

कलेजका अनुसार अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको छ । 

शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गराइने कलेजले जनाएको छ ।

यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेसन केन्द्र र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधारसमेत तयार गरिएको छ ।

साइबर सुरक्षा अनुसन्धान केन्द्र इस्लिङटन कलेजको एउटा पहल भएको र यसले साइबर सुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने कलेजको विश्वास छ ।
 

salt training

कमेन्ट गर्नुहोस्