२७ असार २०८३, शनिबार

‘दुई कदम’ सेन्सर पास, १६ वर्ष मुनिकालाई चलचित्र हेर्न अभिभावक चाहिने

मंसिर २५, २०८०
काठमाडौं
‘दुई कदम’ सेन्सर पास, १६ वर्ष मुनिकालाई चलचित्र हेर्न अभिभावक चाहिने

यही शुक्रवार (मंसिर २९)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुई कदम’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सोमवार १ घण्टा ५६ मिनेट लामो यो चलचित्रलाई नेपालभर प्रदर्शनका लागि स्वीकृति प्रदान गरेको हो । 

सेन्सर बोर्डले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको छ । त्योसँगै १६ वर्षभन्दा कम उमेरका दर्शकका लागि चलचित्र हेर्न अभिभावकको साथ चाहिने भएको छ । 

उदय सुब्बाको निर्देशन रहेको यो चलचित्रमा इओन लिम्बु, सिमोन गिरी, सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्माको लगायतको अभिनय छ । चलचित्रको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ । 

अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र तारादेवी लिम्बूको लगानी छ । चलचित्रमा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशिष अविरल र विकास चौधरीको संगीत, र राजु किराँतीको द्वन्द्व निर्देशन छ । 

चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्