०३ असार २०८३, बुधबार

‘दीपक मनाङे’को चलचित्रमा केदारपछि अर्पण थापा अनुबन्धित

मंसिर २६, २०८०
काठमाडौं
‘दीपक मनाङे’को चलचित्रमा केदारपछि अर्पण थापा अनुबन्धित

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘कङ्गारु’मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा केही दिनअघि अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए । 

केदारको प्रवेशसँगै चलचित्रको अर्को प्रमुख पात्रमा अर्पण थापा पनि अनुबन्धित भएका छन् । थापा र यो चलचित्रको निर्माण पक्षविच मंगलवार औपचारिक रूपमा सम्झौता भएको हो । 

यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । 

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा रहनेछन् । चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ । 

निर्देशक बस्नेतले ‘कंगारु’मा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्