१५ असार २०८३, सोमबार

जाजरकोटको नलगाडमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

मंसिर २६, २०८०
काठमाडौं
जाजरकोटको नलगाडमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना
फाइल फोटो

राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा शुरू गरेको छ ।

सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिए । 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकासहितलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ दल्लीमा वाणिज्यको शाखा स्थापना भएको शाहीले जानकारी दिए ।​

भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्वसाधारणलाई वाणिज्य बैंकको शाखा विस्तारले भारी मात्रामा सहयोग पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । 

वाणिज्य बैंक स्थापनाका लागि नगरपालिकाले पटक–पटक माग पत्र पेश गर्दै आएको थियो । द्वन्द्वकालमा नेपाल बैंक लिमिटेड दल्लीबाट सदरमुकाम खलङ्गामा विस्थापित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्