![राजकुमार र शान्तिश्रीको स्वरमा ‘आँखैमा थियौ सानु’ सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Rajkumar_shantishree_k6hD3hooG7.jpg)
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।
बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका शान्तिश्री परियारको स्वर छ ।
यो गीतमा कमल सौरागको संगीत संयोजन छ ।
शुक्रवार बिहान पशुपति म्युजिकको अफिसियल युटयुबबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।
‘आँखैमा थियौ सानु’ प्रेम विरहको गीत हो । यसको भिडियोमा सारिका केसी र गोविन्द पोखरेलको अभिनय छ ।

विक्रम चौहानको कथा एवं निर्देशनमा भिडियो तयार भएको हो ।
भिडियोलाई प्रकाश खड्काले छायाँकन, मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
बगरले यसअघि पनि केही गीतमा स्वर दिइसकेका छन् ।