२६ असार २०८३, शुक्रबार

चलचित्र ‘नम्बरी सुन’को रोमान्टिक प्रेमगीत सार्वजनिक

पुस १, २०८०
काठमाडौं
चलचित्र ‘नम्बरी सुन’को रोमान्टिक प्रेमगीत सार्वजनिक

नेपाली चलचित्र ‘नम्बरी सुन’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । 

आइतवार ‘तिमी बर म पीपल’ बोलको रोमान्टिक प्रेमगीत सार्वजनिक गरिएको हो । 

प्रताप दास र अन्नु चौधरीको स्वर रहेको गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । अर्जुन पोखरेलको शब्द एवं संगीत रहेको गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । 

भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरन्जन श्रेष्ठको कलर छ । राजु गिरीको निर्देशन रहेको ‘नम्बरी सुन’मा गौरव र नम्रताका साथमा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला लगायतको अभिनय छ । चलचित्र आगामी माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । ​

शिवम अधिकारीको कथा एवं पटकथा रहेको चलचित्रको प्रस्तुतकर्ता नारायण खाती हुन् । सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको चलचित्रलाई दिव्य सुवेदीले छायांकन एवं गौतमराज खड्काले सम्पादन गरेका हुन् । चलचित्रलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्