
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।
अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् ।
रमेश परियारको शब्द एवं संगीत, कृष्ण केसीको एरेन्ज रहेको गीत गायिका मगर स्वयंमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यसको भिडियोमा अभिनेता पुष्प खड्का र कविता नेपालीको नृत्य छ ।
मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । दुई दिनअघि सार्वजनिक गीतले स्रोता दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
आफ्नो पहिलो कोसेलीका रुपमा आएको गीतलाई दर्शक तथा स्रोताले दिएको सकारात्मक प्रतिक्रियाले खुसी तुल्याएको गायिका मगरले बताएकी छिन् ।
उनले आफूले यसपछि पनि निरन्तर गीत संगीतमा समय दिने र छिट्टै अर्को गीतको लागी तयारी भइरहेको बताइन् ।
उनी गोरखा –४ आरुघाटकी हुन् ।