०१ असार २०८३, सोमबार

भागबन्डा अन्त्य गरी मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको घोषणा

पुस २, २०८०
काठमाडौं
भागबन्डा अन्त्य गरी मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको घोषणा

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने बताएका छन् ।​​

सोमवार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो। म आज यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधार भीसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईँहरूको अगाडि व्यक्त गर्दछु’, समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने ।

राजनीति दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा नभएर मेरिटको आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन पनि उनले अपिल गरेका छन् ।

‘यसका निम्ति खुला प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभरि रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु। राजनीति दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा होइन मेरिटको आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन अपील गर्दछु’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्