१३ असार २०८३, शनिबार

मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री

पुस ५, २०८०
काठमाडौं
मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । 

कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वसाधारणबाट समेत आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् ।


प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै गर्दा आगामी वर्ष सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । कार्यसम्पादन मूल्यांकनअनुसार बितेको एक वर्षमा केही मन्त्रीको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै प्रचण्डले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न खोजेका हुन् ।राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्