
अभिनेता अनमोल केसी यतिबेला फिल्म ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् ।
फिल्मका निर्माता रोहित अधिकारीले अनमोलको छायांकनको एक तस्वीर सार्वजनिक गरेका छन् ।

बिहीवार बिहान सार्वजनिक तस्वीरमा अनमोल बाइक कुदाइरहेका छन् । तस्वीरमा उनको चकलेटी लुक्स छल्किएको छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको यो फिल्म जेठको ११ गतेबाट प्रदर्शनमा आउनेछ । फिल्ममा अनमोल र जसिता गुरुङ शीर्ष भूमिकामा छन् ।
‘छड्के २’को असफल व्यापारबाट हच्किएका अनमोलले यस फिल्मका लागि निकै मेहनत गरिरहका छन् ।