२९ जेठ २०८३, शुक्रबार
जबरजस्ती करणी मुद्दा

सन्दीप लामिछाने विरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

पुस ८, २०८०
काठमाडौं
सन्दीप लामिछाने विरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । 

मुद्दाको सुनुवाइ जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा हुने भएको छ । आज मुद्दाको किनारा लाग्ने सम्भावना छ । 

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीपविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।  

salt training

कमेन्ट गर्नुहोस्