२६ जेठ २०८३, मंगलबार

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुँदै, आजै फैसला सुनाउने सम्भावना कति ?

पुस १२, २०८०
काठमाडौं
सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुँदै, आजै फैसला सुनाउने सम्भावना कति ?

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । 

आज सन्दीप पक्षका वकिलले बहस गर्नेछन् । जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि हिजोबाट सन्दीप पक्षका वकिलले बहस शुरू गरेका हुन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारबाट सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ शुरू भएको थियो । 

सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । जवाफी बहस सकिएपछि आजै न्यायाधीशले फैसला सुनाउने सम्भावना छ । तर, सन्दीपका वकिलको बहस लम्बिएमा फैसला शुक्रबारका लागि सर्नेछ । 

सोमवार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतवारपछि बुधवार बहस भएको थियो । यो मुद्दा आइवार पनि हेर्दाहेर्दैमा राखिएको थियो । 

सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक-पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।  

salt training

कमेन्ट गर्नुहोस्