०१ असार २०८३, सोमबार

रुपन्देहीमा वन विज्ञानको पठनपाठन शुरू

पुस १३, २०८०
बुटवल
रुपन्देहीमा वन विज्ञानको पठनपाठन शुरू

​​रुपन्देहीको तिलोत्तमास्थित लुम्बिनी इन्टीग्रेटेड एकेडेमीले बीएसस्सी फरेस्टी र बीएएलएलबीको पठनपाठन शुरू गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एकेडेमीले फरेस्टी र बीएएलएलबीको पढाइ शुरू गरेको हो । वन विज्ञानको पढाइ लुम्बिनी प्रदेशमा पहिलो रहेको एकेडेमीको दाबी छ ।

कलेजको शुक्रवार पूर्वाञ्चल विश्वविद्यायका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले उद्घाटन गरे ।

४८ जनाको सिट संख्या रहेको फरेस्टी ४ वर्षे कोर्ष हो । ८ वटा सेमेस्टर रहेको यो कोर्षको पढाइका लागि ७ लाख रूपैयाँ खर्च लाग्ने गर्छ । कक्षा ११ र १२ मा विज्ञान विषय पढेकाहरूले ब्याचलर वन विज्ञान पढ्न सक्छन् । त्यस्तै ५ वर्षे बीएएलएलबी पढन ६ लाख रुपैयाँ खर्च रहेको छ ।

एकेडेमीका बोर्ड सदस्य पुरन केसीले दुवै विषयको यस क्षेत्रमा आवश्यकता महसुस गरी पढाइ सुचारू गर्न लागिएको बताए । उनले प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आफूहरू जुटेको बताए ।

कलेजका अध्यक्ष डा. घनश्याम पाण्डेले नयाँ र खोजी भइरहेको विषय यस क्षेत्रमा सञ्चालन भएपछि विद्यार्थीहरू पढ्नका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।

पछिल्लो समय स्नातक तहमा पढाइ हुने कलेजहरूमा विद्यार्थीको संख्या घटिरहेकोले यस्ता विषयले विद्यार्थीहरूमा आकर्षण बढ्ने कलेजका अध्यक्ष डा.घनश्याम पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्