पुस ७, २०८०
इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ ।
उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जेठ २९ गते नै निर्णय गरेको तथा उच्च अदालत पाटनमा परेको मुद्दामा पनि अदालतले यथास्थितिमै राखेको भएपनि यशोदा फूड्सले आफूविरुद्ध नियोजित भ्रम फैल्याएको दाबी गरेको छ ।
उद्योग विभागको फैसला चित्त नबुझेपछि सीजी फूड्स उक्त मुद्दा लिएर पाटन उच्च अदालत पुगेको थियो ।
पाटन उच्च अदालतले पनि विपक्षीले गरेको मागदावीका सम्बन्धमा न्यायीक परीक्षण भई अन्तिम टुंगो लाग्न बाँकी रहेको भन्दै उद्योग विभागको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो ।
तर 'उत्पादनमा रोक लाग्यो भन्दै' आफूविरुद्ध नियोजित भ्रम छरिएको यशोदा फूड्सले दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'पाटन उच्च अदालतले गरेको आदेशको अपव्याख्या गरी विभिन्न सञ्चारमाध्यममा यस कम्पनीको उत्पादनको विक्रीवितरणमा उच्चअदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको कुरामा यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।'
'उच्च अदालतले सुरु उद्योग विभागको निर्णय कार्यान्वन नगर्न अर्थात् विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्नमात्र आदेश गरेको विषयलाई गलत व्याख्या गरी विक्रीवितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, ग्राहकवर्ग, व्यापारी वर्ग तथा डिलरहरु समक्ष उक्त भ्रामक समाचारको पछि नलागी निरन्तर उपभोग तथाविक्रीवितरण गरिरहनहुन समेत अनुरोध गर्दछौँ,' विज्ञप्तिमा थप भनिएको छ ।
इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...
अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ । फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...
विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...
अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...