३० जेठ २०८३, शनिबार

काठमाडौंमा आईभीएफ प्रविधिः अब ७० वर्षसम्मका महिलाले पनि बच्चा जन्माउन सक्ने [भिडियोसहित]

पुस १४, २०८०
काठमाडौं
काठमाडौंमा आईभीएफ प्रविधिः अब ७० वर्षसम्मका महिलाले पनि बच्चा जन्माउन सक्ने [भिडियोसहित]

काठमाडौंको पानीपोखरीमा निःसन्तानको उपचार गर्ने आईभीएफ प्रविधि क्लिनिक खुलेको छ । 

शनिवार एक कार्यक्रमका बीच अभिनेत्री प्रियंका कार्कीले इन्दिरा आईभीएफको उद्घाटन गरेकी हुन् । 

कार्यक्रममा कार्कीले यो प्रविधिको उपचार महंगो नभएको जानकारी दिइन् । 

null

‘अब यो आईभीएफ प्रविधि पहिलेजस्तो महंगो छैन । उपचार गर्न सबैको पहुँच पुग्छ । यसैका लागि इन्दिरा आईभीएफ खुलेको हो,’ उनले भनिन् ।

पहिले–पहिले निःसन्तान हुनुमा नारीको मात्र दोष हो भनेर उनीहरूमाथि दोष थुपार्ने गरेको स्मरण गर्दै उनले अब आईभीएफ प्रविधिले त्यो भ्रम चिर्ने बताइन् ।

‘अब पुरुष पनि उत्तिकै भागिदारी हुने गरेको प्रमाणहरूले देखिसकेको छ,’ उनले थपिन् ।

त्यस्तै कार्यक्रममा इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले शुरूमा २०० जनाभित्र उपचार गर्न आउने बिरामीलाई ४० हजार रुपैयाँको छुटको घोषणासमेत गरे ।

उनले नेपालमा ७० वर्षसम्मका महिलाले पनि आईभीएफ प्रविधिबाट बच्चा जन्माउन सकिने दाबी पनि गरे ।

‘भारतमा महिलाको उमेर ५५ र पुरुषको ५० वर्ष भएकाले समेत यो प्रविधि अपनाएर बच्चा जन्माउने गरेका छन्,’ उनले भने, ‘नेपालमा भने ७० वर्ष उमेर समूहका महिलाले समेत बच्चा जन्माउन सक्नेछन् ।’

null

इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आईभीएफ विशेषज्ञ डा नेहा हुमागाईंले आर्थिक अभावले अब कोही पनि उपचारबाट बञ्चित हुनु नपर्ने बताइन् । 

'निःसन्तान आमा–बुवाले नहिच्किचाइ हाम्रो क्लिनिकमा आएर उपचार गराउन सक्नुहुनेछ,’ उनले भनिन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।   

कार्यक्रममा भारतबाट आएका विभिन्न विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो । 

हेरौं भिडियोः 

salt training

कमेन्ट गर्नुहोस्