×

NMB BANK
NIC ASIA

काठमाडौंमा आईभीएफ प्रविधिः अब ७० वर्षसम्मका महिलाले पनि बच्चा जन्माउन सक्ने [भिडियोसहित]

काठमाडाैं | पुस १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको पानीपोखरीमा निःसन्तानको उपचार गर्ने आईभीएफ प्रविधि क्लिनिक खुलेको छ । 

Muktinath Bank

शनिवार एक कार्यक्रमका बीच अभिनेत्री प्रियंका कार्कीले इन्दिरा आईभीएफको उद्घाटन गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा कार्कीले यो प्रविधिको उपचार महंगो नभएको जानकारी दिइन् । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

‘अब यो आईभीएफ प्रविधि पहिलेजस्तो महंगो छैन । उपचार गर्न सबैको पहुँच पुग्छ । यसैका लागि इन्दिरा आईभीएफ खुलेको हो,’ उनले भनिन् ।

पहिले–पहिले निःसन्तान हुनुमा नारीको मात्र दोष हो भनेर उनीहरूमाथि दोष थुपार्ने गरेको स्मरण गर्दै उनले अब आईभीएफ प्रविधिले त्यो भ्रम चिर्ने बताइन् ।

‘अब पुरुष पनि उत्तिकै भागिदारी हुने गरेको प्रमाणहरूले देखिसकेको छ,’ उनले थपिन् ।

त्यस्तै कार्यक्रममा इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले शुरूमा २०० जनाभित्र उपचार गर्न आउने बिरामीलाई ४० हजार रुपैयाँको छुटको घोषणासमेत गरे ।

उनले नेपालमा ७० वर्षसम्मका महिलाले पनि आईभीएफ प्रविधिबाट बच्चा जन्माउन सकिने दाबी पनि गरे ।

‘भारतमा महिलाको उमेर ५५ र पुरुषको ५० वर्ष भएकाले समेत यो प्रविधि अपनाएर बच्चा जन्माउने गरेका छन्,’ उनले भने, ‘नेपालमा भने ७० वर्ष उमेर समूहका महिलाले समेत बच्चा जन्माउन सक्नेछन् ।’

null

इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आईभीएफ विशेषज्ञ डा नेहा हुमागाईंले आर्थिक अभावले अब कोही पनि उपचारबाट बञ्चित हुनु नपर्ने बताइन् । 

'निःसन्तान आमा–बुवाले नहिच्किचाइ हाम्रो क्लिनिकमा आएर उपचार गराउन सक्नुहुनेछ,’ उनले भनिन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।   

कार्यक्रममा भारतबाट आएका विभिन्न विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो । 

हेरौं भिडियोः 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x