२४ असार २०८३, बुधबार

समीक्षा भन्छिन् – आफ्नै स्वभावमा बाँच्छु

पुस १५, २०८०
काठमाडौं
समीक्षा भन्छिन् – आफ्नै स्वभावमा बाँच्छु

गायिका समीक्षा अधिकारीको दैनिकी हिजोआज फेरिएको छ । 

उनी दिनहुँजसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि सांगीतिक प्रस्तुति दिइरहेकी छिन् । 

सानो उमेरमै लोभलाग्दो ख्याती कमाएकी यी गायिका केही वर्ष निकै तनावमा थिइन् । उक्त समय रेकर्डिङ र स्टेज कार्यक्रमबाट अलपजस्तै देखिएकी उनले सामाजिक सञ्जालमा पनि निराशाजनक र भावुक खालका पोष्टहरु गर्ने गरेकी थिइन् ।

केही समययता भने उनको सांगीतिक करिअर लयमा फर्किएको छ भने उनले सामाजिक सञ्जालमा पनि आत्मविश्वास र उत्साहका स्टाटस लेखिरहेकी हुन्छिन् । 

पछिल्लो समय उनले लेखेकी छन् 

न कसैको अभावमा बाँच्छु,
न कसैको प्रभावमा बाँच्छु,
यो जिन्दगी आफ्नो हो,
म आफ्नै स्वभावमा बाँच्छु 

पछिल्लो समय समीक्षाको फेसबुक वालमा मेला महोत्सवमा प्रस्तुति दिँदै गर्दामा तस्वीर र भिडियोहरु धेरै देख्न सकिन्छ । उनले रेखा थापाको फिल्म ‘उपहार’का लागि गाएको गीत पनि केही दिनअघि मात्रै युट्युबमा सार्वजनिक भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्