×

NMB BANK
NIC ASIA

आक्रामक बजार विस्तार गर्ने एनटी फाइबरको सूत्र– 'जति भन्छौं, त्यति दिन्छौं'

काठमाडाैं | पुस १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

इन्टरनेट सेवा प्रदायकहरूले भनेजति गति र मात्रामा इन्टरनेट सेवा नपाएको भनी प्रयोगकर्ताको गुनासो बढिरहेका बेला नेपाल टेलिकमले भने 'जति भन्छौं, त्यति दिन्छौं' नाराका साथ आफ्नो आक्रामक ढंगले बजार विस्तार गरिरहेको छ ।

Muktinath Bank

७७ मध्ये ७४ जिल्लामा एनटी फाइबर सेवा विस्तार गरिसकेको एनटीसीले सेवा विस्तारसँगै गुणस्तरतर्फ उत्तिकै ध्यान दिएको छ । 'मुगु, हुम्ला र डोल्पामा पुग्ने प्रयास गर्दैछौं,' एनटीसीका सह-प्रवक्ता परमात्मा भट्टराईले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय ‘एनटी फाइबर’मार्फत टेलिकमले इन्टरनेट बजारमा उपस्थिति बलियो बनाउँदै लगेको हो । पहिले सरकारी सेवा भनेका बेला उपलब्ध हुँदैन भनेर सेवाग्राही हिच्किचाउने गरेकोमा अहिले त्यो छवि विस्तारै बदलिएको छ । 


Advertisment
Nabil box
Kumari

‘एनटी फाइबर’ नामबाट पछिल्लो समय ‘फाइबर टु दी होम’ (एफटीटीएच) इन्टरनेटमा लोकप्रियता बटुलिरहेको टेलिकमले त्यसैको विस्तारित रूप १ जीबीपीएस (१००० एमबीपीएस) गतिको इन्टरनेट उपलब्ध गराउन शुरू गरेको छ ।

Vianet communication
Laxmi Bank

भट्टराईका अनुसार भदौ मसान्तसम्ममा एनटी फाइबर सर्भिसअन्तर्गत इन्टरनेट प्रयोगकर्ता २ लाख ६० हजार पुगेका छन् । पुरानै केबल नेट चलाइरहेकाहरू समेत जोड्दा यो संख्या ३ लाखभन्दा माथि छ ।

एनटीसीले भ्वाइस मात्र लिएका ग्राहकहरूलाई परीक्षणका लागि डाटा सेवा पनि लिन आग्रह गर्दै आइरहेको छ ।

'हामी आक्रमक ढंगबाट सेवा विस्तार गरिरहेका छौं,' भट्टराईले भने ,'फाइबरमै ‘भ्वाइस’तर्फ करिब ३ लाख २५ हजार प्रयोगकर्ता छन् ।​ फाइबरमा ‘फल्ट रेट’ निकै कम छ ।'

उनले कपर केबल हुँदा चोरीको समस्या रहेको बताए । कपर केबलमा हावाहुरी र पानीमा सिग्नल छुट्ने, नेटवर्क नटिप्ने समस्या देखिन्छ । तर भट्टराईका अनुसार फाइबरमा त्यस खालका समस्या छैनन् ।

उनले हप्ताको सातै दिन र दिनको २४ सै घण्टा एनटीसी ग्राहकको सेवामा रहेको दाबी गरे । फिल्डमा आउने समस्या समाधानका लागि सेवा करारमा लिइएको उनले बताए ।

खास–खास कामका लागि करार सम्झौता गरेका निजी कम्पनीले एनटी फाइबरमा आउने 'फिल्ड'का समस्या समाधानका लागि तुरुन्तै काम गर्नुपर्ने जिम्मेवारी पाएको उनले बताए ।

नेपाल प्रहरी, नबिललगायत अन्य बैंकहरू, काठमाडौं महानगरका वडाहरू, काठमाडौं मेडिकल कलेजलगायत अन्य स्वास्थ्य संस्थाहरूजस्ता ठूला र संस्थागत ग्राहक बनाउन एनटीसी सफल भएको वरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठले बताइन् ।

'हामीले डेडिकेटेड सेवाहरू पनि प्रदान गर्दै आइरहेका छौं,' उनले भनिन्, '४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकले सोही मूल्यमा १०० एमबीपीएस र ८० एमबीपीएसको सेवा लिइरहेका ग्राहकले १५० एमबीपीएस गतिको सेवा प्राप्त गरेका छन् ।'

अन्य केही ठूला इन्टरनेट सेवा प्रदायक संस्थाहरूले सरकारलाई बुझाउनुपर्ने बक्यौता विवादले कहिलेकाहीँ चरम रूप लिने गर्छ । यदि ती संस्थाहरूले पटक-पटक सेवा अवरुद्ध गरिदिने धम्की दिने गरेका छन् । यदि त्यसो भएमा एनटीसी एक्लैले इन्टरनेटको माग धान्न सक्ने हिसाबले एनटीसीले तयारी गरिरहेको छ ।

एनटीसीका अर्का एक उच्च कर्मचारीले निजी क्षेत्रबाट सञ्चालित इन्टरनेट कम्पनीहरूको सेवा अवरुद्ध हुने अवस्था आएमा नेपाल टेलिकमलाई व्याकअपमा राख्नेबारे सरकारले छलफल थालेको बताए ।

'सरकारी सेवा सुस्त हुन्छ भन्ने ग्राहकको मानसिकता परिवर्तन हुँदैछ,' उनले भने, 'निजी क्षेत्रले यदि इन्टरनेट बन्द नै गरिदियो भने त्यसको ब्याकअपमा रहने पूर्ण तयारीमा छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x