०२ असार २०८३, मंगलबार

मेला–महोत्सवका दर्शक फकाउँदै सौगात

पुस १६, २०८०
काठमाडौं
मेला–महोत्सवका दर्शक फकाउँदै सौगात

फिल्मको प्रचारप्रसारमा त्यसका कलाकारहरू सक्रिय हुनु नौलो कुरा होइन । तर, केही कलाकारहरू प्रचारप्रसारमा दौडिनु भने नौलो मानिँदै आएको छ । यतिबेला सौगात मल्ललाई महोत्सवमा पुगेको देख्दा फिल्मकर्मीले त्यस्तै महसुस गरिरहेका छन् । 

यतिबेला उनी आफू अभिनीत फिल्म ‘हात्तीछाप’को प्रचारका लागि जिल्ला दौडाहामा छन् । शनिबार नेपालगञ्ज महोत्सव पुगेर फिल्मको प्रचार गरेका सौगात आइतवार कैलालीमा जारी लम्की महोत्सवमा पुगेका छन् । सोमवार लमही र घोराहीमा जारी महोत्सवमा आफूहरूको उपस्थिति रहने फिल्मका निर्माता किरण नेपालीले जानकारी दिएका छन् । 

फिल्मको प्रचारका लागि निर्माता किरण नेपाली र अभिनेता कमलमणि नेपालसँग सौगात महोत्सवमा पुगेका हुन् । उनीहरूले फिल्मबारे जानकारी दिँदै फिल्मलाई माया गरिदिन दर्शकलाई आग्रह गर्ने गरेका छन् । 

सौगातको प्रचारको दौडधूपलाई लिएर अहिले फिल्मवृत्तमा विभिन्न कुरासँग जोडेर हेरिएको छ ।

उनी मुनाफाको हिस्सेदार भएकाले दौडधूप गरिरहेको कतिपयले आँकलन गरेका छन् । ‘हात्तीछाप’ माघ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । 

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा सौगातबाहेक दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्