१३ असार २०८३, शनिबार

टाट पल्टिएको ५ वर्षपछि साउदी कम्पनीले नेपालीलाई तलब लिन बोलायो

पुस १७, २०८०
काठमाडौं
टाट पल्टिएको ५ वर्षपछि साउदी कम्पनीले नेपालीलाई तलब लिन बोलायो

 साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी रहेको तलब लिन आउन अनुरोध गरेको हो ।

रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले अनुसार करिब पाँच वर्षअगाडि कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिनका लागि दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र सोहीनुसार सूचना जारी गरिएको छ ।

दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै मोहमद अल मोजिल गु्रप कम्पनीमा काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारहरूलाई सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने भुक्तानी सहजीकरण गरिदिन दूतावासमा अनुरोध प्राप्त भएको जनाएको छ ।राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्