०२ असार २०८३, मंगलबार

पारिवारिक कथाको फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक

पुस १९, २०८०
काठमाडौं
पारिवारिक कथाको फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । 

बाबुछोरीको कथामा बनेको पारिवारिक फिल्ममा एक्सनका दृश्यहरू समेत समावेश छन् । 

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्ममा पुनारादेखि नयाँ कलाकारहरूको अभिनय छ । सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराईली, सिम्रन खड्का लगायतले फिल्ममा अभिनय गरेका छन् । 

सन्तोष अधिकारी यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्न लागेका हुन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्मको निर्माता आशिष थापा मगर हुन् । अभिनेता अधिकारी कार्यकारी निर्माताका रुपमा समेत रहेका छन् । फिल्म यही पुस २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्