१९ असार २०८३, शुक्रबार

शेयर बजारमा सामान्य गिरावट, ८.७१ अंकले घट्यो नेप्से

पुस १९, २०८०
काठमाडौं
शेयर बजारमा सामान्य गिरावट, ८.७१ अंकले घट्यो नेप्से

शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ ।

सातामा कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से ८.७१ अंकले गिरावट आएर २०४९.२८ बिन्दुमा कायम भएको छ ।

बिहीबार ३०३ कम्पनीको शेयर कारोबार हुँदा ११३ कम्पनीका लगानीकर्ताले कमाए भने १२८ कम्पनीका लगानीकर्ताले गुमाए । अन्य ५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएन ।

कालिका पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशत गुमाएका छन् ।

सबैभन्दा बढी कारोबार भने सोनापुर मिनरल्स कम्पनीको भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्