०७ असार २०८३, आइतबार

बीवाईडी बेच्यो सन् २०२३ मा ३० लाखभन्दा बढी विद्युतीय गाडी

पुस १९, २०८०
काठमाडौं
बीवाईडी बेच्यो सन् २०२३ मा ३० लाखभन्दा बढी विद्युतीय गाडी

बीवाईडीले सन् २०२३ मा ३० लाख (३ मिलियन) भन्दा बढीको संख्यामा विद्युतीय गाडी (सवारी साधन) बिक्री गरेको छ । बीवाईडीले गत वर्ष सन् २०२३ को अन्त्यसम्ममा ३० लाख २४ हजार ४१७ युनिट विद्युतीय गाडी बचेको जनाएको छ ।

यो वार्षिक मापदण्डमा ४५ प्रतिशत बढी हो । 

हालसम्म विश्वबजारको सडकमा बीवाईडीको ६० लाखभन्दा बढी युनिट गाडी छन् ।

कम्पनीका अनुसार वर्ष २०२२ मा पनि बीवाईडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै १.८६ मिलियन विद्युतीय गाडी बिक्री रेकर्ड  बनाएको थियो ।  कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतीय गाडी बजारमा लैजान सफल भएको जनाएको छ ।

कम्पनीका अनुसार बीवाईडीले पर्यावरणमैत्री सवारी साधनमार्फत यातायातको क्षेत्रमै केही परिवर्तन ल्याउने प्रयास गरेको छ । 

बीवाईडीले विद्युतीय गतिशीलता र कार्बन फुटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तनसँग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरुलाई समर्थन गर्दै आएको दाबी गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्