१० असार २०८३, बुधबार
लोकान्तर खोज समाचार प्रभाव

लाइसेन्स घोटाला प्रकरण: अख्तियारले थाल्यो छानबिन

पुस २१, २०८०
काठमाडौं
लाइसेन्स घोटाला प्रकरण: अख्तियारले थाल्यो छानबिन

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स जारी भएको खुलासा लोकान्तरले गरेपछि अख्तियारले छानबिन शुरू गरेको हो । 

छानबिन अधिकृत नै नियुक्त गरेर अवैध लाइसेन्स प्रकरणको छानबिन शुरू गरिएको अख्तियार उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार छानबिन प्रकिया अगाडि बढिसकेको छ । 

'अवैध लाइसेन्स प्रकरणको छानबिन शुरू भएको छ,' अख्तियार उच्च स्रोतले लोकान्तरसँग भन्यो, 'यसका लागि छानबिन अधिकृत नै तोकेर प्रक्रिया शुरू भएको छ ।' यसबारे अख्तियारमा उजुरीसमेत परेको थियो ।

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको खुलासा लोकान्तर डटकमले गत बिहीबार गरेको थियो । 

कर्मचारी र बिचौलियाको मिलेमतोमा करोडौं चलखेल गरी 'ए' र 'बी' क्याटोगोरीको अवैध लाइसेन्स बाँडिएको पाइएको थियो । 

विदेशमा रहेका व्यक्तिको फोटो स्क्यान गरेर अर्कै व्यक्तिको बायोमेट्रिक गरी ब्याक डेटमा लाइसेन्स जारी गरिएको विवरणसमेत लोकान्तरले प्रकाशित गरेको थियो । 

राजधानी बाहिरका यातायात कार्यालयबाट १० देखि १२ वर्षअघिको मितिमा लाइसेन्स जारी गरेको विवरण अनलाइनमा प्रविष्ट गरी दुईपटकसम्म नवीकरण भएको देखाएर लाइसेन्स बाँड्ने काम भइरहेको खुलासा गरेको थियो । 

३० हजार लाइसेन्स अवैध रूपमा जारी भएको पुष्टि भइसकेको यातायात विभाग स्रोतले जानकारी दिएको छ । थप ६५ हजार लाइसेन्स सन्दिग्ध रहेको विभागका कर्मचारीहरू नै स्वीकार्छन् ।

salt training

कमेन्ट गर्नुहोस्